काठमाडौं । बागबजारस्थित आईटी तालिम तथा लोकसेवा आयोग (लोकसेवा) तयारी गराउने प्रतिष्ठित संस्था DIT Solution Pvt. Ltd. ले हालै सार्वजनिक भएको लोकसेवा आयोगको नतिजामा उल्लेखनीय सफलता हासिल गर्दै नयाँ कीर्तिमान बनाएको छ।
लोकसेवाअन्तर्गत नेपाल विविध सेवा समूहका कम्प्युटर अपरेटर तथा सहायक कम्प्युटर अपरेटर पदमा सिफारिस भएका कुल उम्मेदवारमध्ये ७० प्रतिशतभन्दा बढी DIT Solution का विद्यार्थी रहेका छन्। यो उपलब्धिले आईटी तथा सरकारी सेवा तयारीको क्षेत्रमा DIT Solution लाई अग्रणी संस्थाको रूपमा स्थापित गरेको छ।
सन् २०१४ देखि सञ्चालनमा रहेको DIT Solution ले शैक्षिक ज्ञान र व्यावसायिक दक्षताबीचको दूरी घटाउने उद्देश्यसहित विशेष शिक्षण–अध्ययन प्रणाली, साप्ताहिक मोक टेस्ट, र व्यवहारिक अभ्यासमा आधारित कक्षा सञ्चालन गर्दै आएको छ। यही प्रणालीका कारण विद्यार्थीहरू लोकसेवा जस्ता प्रतिस्पर्धात्मक परीक्षामा सफल हुँदै आएका छन्।
संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) सुदिप घिमिरे ले भने, “‘Vision into Reality’ भन्ने हाम्रो अवधारणा र उद्योगमैत्री व्यवहारिक तालिमले विद्यार्थीहरूलाई उत्कृष्ट नतिजा हासिल गर्न सक्षम बनाएको छ। यो सफलता हाम्रो गुणस्तरमुखी रणनीति र विद्यार्थीहरूको अथक मेहनतको प्रतिफल हो।”
लोकसेवा तयारीसँगै DIT Solution ले AI/ML, साइबर सेक्युरिटी, सफ्टवेयर डेभलपमेन्ट जस्ता उच्च माग भएका आईटी सीपहरूमा समेत तालिम प्रदान गर्दै नेपाली जनशक्तिलाई सक्षम बनाउँदै आएको छ। यसरी, DIT Solution ले आफूलाई देशकै लागि एक “Complete IT Solution” को रूपमा स्थापित गरिरहेको छ।
