काठमाडौं। नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानलाई नेपाल व्यवस्थापन संघद्वारा आयोजित ४५ औँ राष्ट्रिय व्यवस्थापन सम्मेलन २०२६ मा ‘म्यानेजर अफ द इयर २०२५’ अवार्डबाट सम्मानित गरिएको छ।
प्रधानले नेपालको डिजिटल भुक्तानी क्षेत्रमा पुर्याएको योगदानलाई ध्यानमा राख्दै यो अवार्ड प्रदान गरिएको हो। उहाँको नेतृत्वमा एनसीएचएलले एनसिएचएल-इसिसी, एनसिएचएल-आइपिएस, आरपिएस, एनपिएस, कनेक्ट आइपिएस, कर्पोरेट-पे, नेपालपे क्युआर, नेपालपे कार्ड, इएफटी स्विच, एनपिआई र एनपिआईएक्स लगायत १० भन्दा बढी राष्ट्रिय भुक्तानी पूर्वाधार सञ्चालन गर्दै डिजिटल अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
सन् २०११ मा एनसीएचएलको कार्यभार सम्हालेका प्रधानले चेक क्लियरिङ्गबाट सुरु गरी एनसीएचएललाई नेपालको भुक्तानी पूर्वाधारको मेरुदण्डका रुपमा स्थापित गर्न सफल भएका छन्।
नेपाल व्यवस्थापन संघले प्रत्येक वर्ष व्यवस्थापन क्षेत्रमा अतुलनीय योगदान पुर्याएका विशिष्ट व्यक्तित्वलाई म्यानेजर अफ द इयर अवार्डमार्फत सम्मान गर्दै आएको छ। सोही कार्यक्रममा नेपालमा आफ्नो विशेष योगदान पुर्याएका डा. युवराज खतिवडालाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट पनि सम्मान गरिएको थियो।
