काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले ललितपुरको कुमारीपाटीमा निर्माण गरिएको आफ्नै आधुनिक र सुविधासम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको छ । कम्पनीको सेवा विस्तार तथा भौतिक पूर्वाधार सुदृढीकरण गर्ने रणनीतिक योजना अनुरूप यो नयाँ भवन निर्माण सम्पन्न भएको हो ।
लगनखेल शाखाको नयाँ ठेगाना: कुमारीपाटी
यसअघि ललितपुरको लगनखेलबाट प्रदान गरिँदै आएको बीमा सेवाहरू माघ २८ गते देखि कुमारीपाटीस्थित नयाँ भवनमा स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ । ललितपुर महानगरपालिका वडा नं. १९ मा अवस्थित यस भवनबाट साविकको लगनखेल शाखाले दिँदै आएका सम्पूर्ण बीमा सेवाहरू साविककै रूपमा तर अझ परिष्कृत ढंगले उपलब्ध हुनेछन् ।
प्रभावकारी सेवा र ग्राहक सन्तुष्टि
कम्पनीको आफ्नै स्वामित्वको भवनबाट सेवा सञ्चालन भएपछि ग्राहकहरूले थप व्यवस्थित, सहज र छिटोछरितो सेवा पाउने विश्वास लिइएको छ । कम्पनीले आफ्नो मुख्य प्राथमिकता “ग्राहक–केन्द्रित सेवा” रहेको उल्लेख गर्दै यसलाई अझ प्रभावकारी बनाउन आधुनिक भौतिक पूर्वाधारले ठूलो सहयोग पुर्याउने बताएको छ।
हालसम्म प्राप्त विश्वास र सहयोगका लागि कम्पनीले आफ्ना सम्पूर्ण सरोकारवालाहरूमा आभार प्रकट गर्दै आगामी दिनमा अझ उत्कृष्ट बीमा समाधानहरू ल्याउने प्रतिबद्धता समेत जनाएको छ ।
