महिलालाई रोजगारदाता र नेतृत्वकर्ता बनाउनु अपरिहार्य छ : मन्त्री सिन्हा

  • Clock icon
    २०८२ फाल्गुन १, शुक्रबार

काठमाडौं। कानुन मन्त्री अनिलकुमार सिन्हाले महिलालाई रोजगारीको अवसर दिने मात्र नभई रोजगारदाता र नेतृत्वकर्ता बनाउनु अपरिहार्य रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित आइएमई लाइफ न्यूबिज बिजनेस वुमन समिट एण्ड अवार्ड -२०२६ लाई सम्बोधन गर्दै उनले महिला उद्यमशिलता अर्थतन्त्र विस्तारको साधन मात्र नभई ,सामाजिक रुपान्तरणको बलियो आधार पनि भएको बताए।

उनले भने,‘महिलालाई रोजगारीको अवसर दिने मात्र होइन्,रोजगारदाता र नेतृत्वकर्ता बनाउनु आजको आवश्यकता र अपरिहार्यता भइसकेको छ । महिला उद्यमशिलता अर्थतन्त्र विस्तारको साधन मात्र होइन सामाजिक रुपान्तरणको बलियो आधार पनि हो।’

मन्त्री सिन्हाले अबको आर्थिक समृद्धि नारामा मात्र सिमित नराखी रोजगारी सृजना उद्यमशिलता विकास मार्फत हुनुपर्नेमा जोड दिए । समावेशी आर्थिक विकास नभई समग्रतामा देशको विकास हुन नसक्ने बताउँदै उनले विकास र समृद्धिका हरेक आयाम र अभियानमा महिलाहरुलाई साथसाथै अगाडि नबढाई दिगो र समावेशी आर्थिक विकासको लक्ष्यमा पुग्न नसकिने धारणा राखे।

उनले भने,‘अबको आर्थिक समृद्धि नारामा मात्र सिमित होइन् । रोजगारी सृजना उद्यमशिलता विकास मार्फत हुनुपर्छ । समावेशी आर्थिक विकास नभई समग्रतामा देशको विकास हुन सक्दैन्। विकास र समृद्धिका हरेक आयाम र अभियानमा महिलाहरुलाई साथसाथै अगाडि नबढाई दिगो र समावेशी आर्थिक विकासको लक्ष्यमा पुग्न सकिँदैन ।’ निजी क्षेत्र र वित्तियसँगको सहकार्य अझ सुदृढ गर्दै महिला मैत्री वातावरण निर्माण सरकारको प्राथमिकतामा रहेको उनले जानकारी दिए।

  • Clock icon
    २०८२ फाल्गुन १, शुक्रबार