भारतमा जारी टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदैछन् ।
शनिबार पहिलो खेलमा समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।
श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेदेखि शुरु हुदैछ ।
आयरल्याण्ड र ओमान दुवैले अहिलेसम्म आफ्ना शुरुका २–२ खेलमा हार बेहोरेका छन् ।
त्यस्तै आजको दोस्रो खेलमा समुह सी का इङल्याण्ड र स्कटल्याण्ड भिड्दैछन् ।
भारतको कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल दिउसो ३ः १५ बजेदेखि शुरु हुदैछ ।
जारी विश्वकपमा इङल्याण्ड र स्कटल्याण्ड दुवैले २–२ खेलमा १–१ खेल जितेका छन् भने १–१ खेलमा हार बेहोरेका छन् ।
त्यस्तै,आज तेस्रो खेल समुह डी का न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच हुदैछ । यो खेल नेपाली समय अनुसार साँझ ७ः १५ बजेदेखि शुरु हुदैछ ।
न्यूजील्याण्ड र दक्षिण अफ्रिका दुवैले यसअघि खेलेका २–२ खेलमा नै जित हासिल गरेका छन् ।
