ओपल सेक्युरिटिज एयर ट्रेडमा, डिजिटल कारोबार थप सहज

काठमाडौँ । ब्रोकर नम्बर ४ का रूपमा परिचित ओपल सेक्युरिटिज अत्याधुनिक ट्रेड म्यानेजमेन्ट सिस्टम ‘एयर ट्रेड’मा आबद्ध भएको छ । नयाँ टिएमएस सञ्चालक कम्पनी डिजीहबले ल्याएको एयर ट्रेडसँग ओपल सेक्युरिटिजले आफ्नो कारोबार प्रणाली जोड्दै पूर्णरूपमा नयाँ प्लेटफर्मबाट सेवा दिन थालेको हो ।

यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गतको टिएमएस प्रयोग गर्दै आएको ओपल सेक्युरिटिजले हाल सो सम्झौता रद्द गरी डिजीहबको एयर ट्रेडमार्फत आफ्ना ग्राहकलाई शेयर कारोबार गराइरहेको छ ।

एयर ट्रेडको टिएमएसमा लगानीकर्ताले वेब, डेस्कटप र मोबाइल एप—तीनै माध्यमबाट शेयर कारोबार गर्न सक्नेछन् । यस प्रणालीमार्फत पोर्टफोलियो लाइभ डाटा, रियल–टाइम अपडेटसहित आधा दर्जनभन्दा बढी उन्नत फिचर प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । पारदर्शिता, सिस्टम सुरक्षा, डाटा सुरक्षा र तथ्यांकको गोपनीयतालाई उच्च प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।

एयर ट्रेड टिएमएसका प्रमुख विशेषता

  • मोबाइल, वेब र डेस्कटप भर्सन उपलब्ध

  • शेयर बिक्रीसँगै बराबर रकमले तुरुन्तै शेयर खरिद गर्न सकिने

  • लेजर ब्यालेन्सअनुसार रियल–टाइम कोल्याटरल सुविधा

  • अर्डर बास्केट र मल्टिपल युजर ट्रेड (एकै लगइनबाट)

  • मनपर्ने शेयरमा मूल्य अलर्ट र खरिद–बिक्रीको रियल–टाइम सूचना

  • छिटो र सजिलो अर्डर प्लेसमेन्ट

  • आवश्यकताअनुसार मार्केट डेप्थ हेर्न सकिने

  • लिंक एण्ड डक, मल्टी–विन्डो फिचर

  • खरिद–बिक्रीपछि हिसाबकिताब र रिपोर्ट हेर्न क्लाइन्ट लगइन

नयाँ प्रणालीसँगै ओपल सेक्युरिटिजका ग्राहकले अझ सहज, छिटो र सुरक्षित डिजिटल ट्रेडिङ अनुभव पाउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।