गरिमा सेक्युरिटिज एयर ट्रेडमा, लगानीकर्तालाई स्मार्ट ट्रेडिङ सुविधा

काठमाडौँ । ब्रोकर नम्बर ७८ का रूपमा परिचित गरिमा सेक्युरिटिज अत्याधुनिक ट्रेड म्यानेजमेन्ट सिस्टम ‘एयर ट्रेड’मा आबद्ध भएको छ । नयाँ टिएमएस सञ्चालक कम्पनी डिजीहबले विकास गरेको एयर ट्रेडसँग गरिमा सेक्युरिटिजले आफ्नो टिएमएस जोड्दै पूर्ण रूपमा नयाँ प्लेटफर्ममार्फत कारोबार सुरु गरेको हो ।

यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गतको टिएमएस प्रयोग गर्दै आएको गरिमा सेक्युरिटिजले सो सम्झौता रद्द गरी हाल डिजीहबको एयर ट्रेडमार्फत आफ्ना ग्राहकलाई शेयर कारोबार गराइरहेको जनाएको छ ।

एयर ट्रेडको टिएमएसमा लगानीकर्ताले वेब, डेस्कटप र मोबाइल एपबाट सहज रूपमा शेयर खरिद–बिक्री गर्न सक्नेछन् । यस प्रणालीमार्फत पोर्टफोलियो लाइभ डाटा, रियल–टाइम अपडेटसहित आधा दर्जनभन्दा बढी उन्नत फिचर प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । पारदर्शिता, सिस्टम सुरक्षा, डाटा सुरक्षा तथा तथ्यांकको गोपनीयतालाई विशेष प्राथमिकता दिइएको कम्पनीले जनाएको छ ।

एयर ट्रेड टिएमएसका प्रमुख विशेषता

  • मोबाइल, वेब र डेस्कटप भर्सन उपलब्ध

  • शेयर बिक्रीसँगै बराबर रकमले तुरुन्तै शेयर खरिद गर्न सकिने सुविधा

  • लेजर ब्यालेन्सअनुसार रियल–टाइम कोल्याटरल

  • अर्डर बास्केट सुविधा

  • एउटै लगइनबाट बहु युजर ट्रेड

  • मनपर्ने शेयरमा मूल्य अलर्ट र खरिद–बिक्रीको रियल–टाइम सूचना

  • छिटो र सजिलो अर्डर प्लेसमेन्ट

  • आवश्यकताअनुसार मार्केट डेप्थ हेर्न सकिने

  • लिंक एण्ड डक तथा मल्टी–विन्डो फिचर

  • कारोबारपछिको हिसाबकिताब र रिपोर्टका लागि क्लाइन्ट लगइन

नयाँ टिएमएससँगै गरिमा सेक्युरिटिजका ग्राहकले अझ छिटो, सुरक्षित र प्रविधिमैत्री डिजिटल ट्रेडिङ अनुभव प्राप्त गर्ने अपेक्षा गरिएको छ ।