काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ह्युन्डाईको फिफा विश्वकप २०२६ सँगको विश्वव्यापी साझेदारीको अवसरमा “ह्युन्डाई x फिफा विश्वकप २०२६ टेस्ट ड्राइभ अभियान” सुरु गरेको छ ।
यो अभियान अप्रिल २०२६ सम्म सञ्चालन हुनेछ । यस अवधिमा नेपालभर रहेका ह्युन्डाईका कुनै पनि शोरूममा गई कुनै पनि ह्युन्डाई गाडीको टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले फिफा विश्वकप २०२६ का खेल आयोजक देशहरू— संयुक्त राज्य अमेरिका, क्यानडा वा मेक्सिको— मध्ये कुनै एकमा प्रत्यक्ष खेल हेर्ने जीवनमै एकपटक मात्र पाइने अवसर जित्न सक्नेछन् । भाग्यशाली विजेताले आफ्ना एक जना सहयात्रीसहित विश्वकै सबैभन्दा ठूलो फुटबल मञ्चको रोमाञ्च अनुभव गर्न पाउनेछन् ।
अभियानमार्फत ग्राहकहरूले ह्युन्डाई गाडीको आरामदायी सुविधा, उन्नत प्रविधि र उत्कृष्ट प्रदर्शनलाई टेस्ट ड्राइभमार्फत प्रत्यक्ष अनुभूति गर्न सक्नेछन् । साथै, अभियान अवधिमा ह्युन्डाई गाडी बुक गर्ने ग्राहकहरूले विशेष लाभहरू पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ, जसले समग्र ह्युन्डाई अनुभवलाई अझ आकर्षक बनाउनेछ ।
फिफा विश्वकप २०२६™ को आधिकारिक साझेदारका रूपमा ह्युन्डाईले विश्वव्यापी उत्सव, प्रदर्शन र प्रगतिसँग जोडिँदै आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै आएको छ । इच्छुक ग्राहकहरूलाई नजिकको ह्युन्डाई शोरूममा गई टेस्ट ड्राइभ अभियानमा सहभागी हुन कम्पनीले आग्रह गरेको छ ।
