काठमाडौं । OPPO Nepalले आफ्नो Reno सिरिजको नवीनतम मोडेल Reno 15 5G नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यो नयाँ स्मार्टफोन प्रिमियम सेग्मेन्टका प्रयोगकर्तालाई लक्षित गर्दै डिजाइन गरिएको फ्ल्यागशिप डिभाइस हो, जसले उच्च प्रदर्शन, उन्नत फोटोग्राफी क्षमता र प्रिमियम डिजाइनको संयोजन प्रदान गर्दछ।
OPPO Reno 15 5G मा ६.५९–इन्च FHD+ AMOLED डिस्प्ले, १२०Hz रिफ्रेश रेट, Qualcomm Snapdragon 7 Gen 4 मोबाइल प्लेटफर्म र ६५००mAh ब्याट्री ८०W SUPERVOOC™ फास्ट चार्जिङ सपोर्टसहित उपलब्ध छ।
फोटोग्राफीका लागि स्मार्टफोनमा प्रि–ग्रेड ट्रिपल रियर क्यामरा प्रणाली छ, जसको मुख्य क्यामरा ५०MP OIS सपोर्टसहितको रहेको छ। थप रूपमा, ५०MP टेलिफोटो क्यामरा, ८MP अल्ट्रा-वाइड क्यामरा, र ५०MP फ्रन्ट अल्ट्रा-वाइड क्यामरा ४K भिडियो रेकर्डिङ सक्षम बनाउँछ।
डिभाइस १२GB LPDDR5X RAM र ५१२GB UFS 3.1 स्टोरेज विकल्पमा उपलब्ध छ, जसले मल्टिटास्किङ र डेटा ह्यान्डलिङमा सहजता प्रदान गर्छ। AMOLED डिस्प्ले १.०७ अर्ब रंग र १२०० निट्स पीक ब्राइटनेस सपोर्ट गर्छ र Gorilla Glass 7i ले सुरक्षा प्रदान गर्दछ।
ColorOS 16 मा चल्ने Reno 15 5G मा इ–डिस्प्ले फिङ्गरप्रिन्ट र फेस अनलक सुविधा पनि छ। जडानका लागि यो ५G नेटवर्क, Wi-Fi 6, Bluetooth 5.4, इन्फ्रारेड रिमोट र डुअल नानो सिम सपोर्टसहित उपलब्ध छ।
काठमाडौंमा आयोजना गरिएको आधिकारिक लन्च कार्यक्रममा मिडिया, उद्योग साझेदार र प्रविधि समुदायका सदस्यहरूले स्मार्टफोनको प्रदर्शन, फोटोग्राफी क्षमता र प्रिमियम निर्माण अनुभव प्रत्यक्ष परीक्षण गर्ने अवसर पाएका थिए।
OPPO Reno 15 5G अब नेपालभरका आधिकारिक OPPO रिटेल स्टोर र साझेदार च्यानलमार्फत उपलब्ध हुने जानकारी कम्पनीले दिएको छ।
