मौसम पूर्वानुमान-देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल

आज सोमबार काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान काठमाडौँको न्यूनतम तापक्रम ८.१ डिग्री सेल्सियस छ।

हिजो आइतबार काठमाडौँको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस थियो
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू(भागको थोरै स्थानहरूमा हल्का वर्षारहिमपात भइरहेको छ।

सोमबार तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सुरकुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।