काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घट्दै बजारमा केही सहजता देखिएको हो। यसअघि आइतबार तोलामा २३ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार भने एकैदिन ३ हजार रुपैयाँले घटेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने यही सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
उता चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। सोमबार प्रतितोला ४ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २५ रुपैयाँले बढ्दै ४ हजार ८८५ रुपैयाँ पुगेको छ।
