काठमाडाैं । नेपाल लेयर्स संघ ले आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य सार्वजनिक गरेको छ। संघका अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४२५ रुपैयाँ र मझौला अण्डाको मूल्य प्रतिक्रेट ३७५ रुपैयाँ तोकिएको छ।
संघले अण्डा उत्पादनमा लाग्ने खर्च निरन्तर बढ्दै गएकाले मूल्य समायोजन गर्नुपरेको जनाएको छ। हाल प्रतिगोटा अण्डाको उत्पादन लागत १९ रुपैयाँ १२ पैसा पुगेको संघको भनाइ छ।
उत्पादन लागत, दाना, ढुवानी तथा अन्य व्यवस्थापन खर्च बढेसँगै किसानलाई न्यूनतम राहत दिन नयाँ मूल्य निर्धारण गरिएको संघले स्पष्ट पारेको छ। नयाँ मूल्य आजैदेखि बजारमा लागू हुने बताइएको छ।
