काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक वाङ्गेल लामा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
काठमाडौँ परिसरको इन्टेलिजेन्स शाखामा कार्यरत लामा आफ्नो प्रभावकारी अपराध अनुसन्धान र प्रहरी कारबाहीका कारण यो सम्मान प्राप्त गरेका हुन्। परिसरका एसएसपी रमेश थापाले लामालाई प्रशंसापत्र प्रदान गर्दै उनको योगदानको कदर गरेका छन्।
प्रशंसित कार्यमध्ये लामा प्रहरीले **अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रमे राईसहित १० जना व्यक्तिलाई धम्की दिने प्रकाश पाठकलाई फिलिसन्सबाट काठमाडौं ल्याएर कानूनी प्रक्रिया अघि बढाउन सहयोग गरेका थिए।
यस उपलब्धिले प्रहरी विभागमा जिम्मेवारी र कर्तव्यनिष्ठाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताइएको छ।
