एनसेल–फुडमाण्डु साझेदारीले ग्राहकलाई स्वादिलो छुट

  • Clock icon
    २०८२ फाल्गुन ७, बिहीबार

काठमाडौँ। एनसेलफुडमाण्डु बीचको नयाँ साझेदारीमार्फत ग्राहकहरूले डिजिटल सेवासँगै स्वादिलो फाइदा पाउने भएका छन्। ‘एनसेल एण्ड फुडमाण्डु अफर’ अन्तर्गत ग्राहकहरूले फुडमाण्डुका अर्डरमा प्रतिअर्डर १५० रुपैयाँ छुट पाउनेछन्।

यो अफर १७ फेब्रुअरीदेखि लागू हुँदैछ। एनसेलका ९९ रुपैयाँ वा सो भन्दा बढी मूल्यका डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले १५० रुपैयाँको छुट कुपन प्राप्त गर्नेछन्। कुपन फुडमाण्डुमा १,००० रुपैयाँ वा बढी मूल्यको अर्डरमा प्रयोग गर्न सकिन्छ।

ग्राहकहरूले एनसेल एपमार्फत वा नजिकैको एनसेल पसलबाट प्याक खरिद गर्न सक्नेछन्। प्याक सक्रिय भएपछि कुपन SMS मार्फत प्राप्त हुनेछ। एकै ग्राहकले धेरै प्याक खरिद गर्दा त्यति कुपन प्राप्त हुनेछन्, तर एक अर्डरमा केवल एक कुपन मात्र प्रयोग गर्न सकिन्छ।

कुपन जारी भएको मितिबाट २८ दिनसम्म मान्य हुनेछ र यो गैर-हस्तान्तरण योग्य छ। अफरमा नवीकरण प्याक, सापाती प्याक र उपहार प्याकहरू समावेश छैनन्।

एनसेलका प्रमुख कन्जुमर बिजनेस अफिसर उपांग दत्तले भने, “हामी हाम्रो ग्राहकका लागि केवल कनेक्टिभिटीमा मात्र सीमित नभई जीवनशैलीसँग जोडिएका सुविधाहरू सिर्जना गर्न खोज्छौँ। फुडमाण्डुसँगको यो साझेदारी नेपालको टेलिकम क्षेत्रमा पहिलो पटक भएको अनौठो कदम हो, जसले ग्राहकहरूलाई जडित रहँदै स्वादिलो बचत अनुभव गराउँछ।”

फुडमाण्डु हाल काठमाडौं उपत्यका, पोखरा, चितवनबुटवलमा सेवा पुर्‍याइरहेको छ। यस साझेदारीले प्रमुख शहरहरूका ग्राहकका लागि स्वादिलो र कनेक्टेड अनुभव दिने अपेक्षा गरिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन ७, बिहीबार