टी-२० विश्वकप: सुपर ८ प्रवेश, पाकिस्तान अन्तिम टोलीका रूपमा अघि बढ्यो

  • Clock icon
    २०८२ फाल्गुन ७, बिहीबार

काठमाडौँ। भारत र श्रीलंकामा जारी टी-२० विश्वकप २०२६ अब निर्णायक चरणमा प्रवेश गरेको छ। समूह चरणका खेल लगभग समाप्त भइसकेका छन् भने ‘सुपर ८’ का ८ टोलीहरू पक्का भएका छन्।

बुधबार कोलम्बोमा पाकिस्तानले नामिबियामाथि १०२ रनको ठूलो जित निकाल्दै समूह चरण पार गर्ने अन्तिम टोली बनेको छ। अब पाकिस्तानले सुपर ८ मा डिफेन्डिङ च्याम्पियन भारत, सह-आयोजक श्रीलंका, वेस्ट इन्डिज, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्नेछ।

समूह चरण नतिजा

समूह ए:

  • भारतले पाकिस्तानमाथि ६१ रनको सहज जित हासिल गर्दै सुपर ८ प्रवेश गर्‍यो।

  • पाकिस्तान अन्तिम खेलमा नामिबियामाथि १०२ रनले विजयी भई दोस्रो स्थानमा पुगे।

  • अमेरिका, नेदरल्यान्ड्स र नामिबिया समूहबाट बाहिरिए।

समूह बी:

  • श्रीलंकाले अस्ट्रेलियामाथि ८ विकेटले जित हासिल गरी सुपर ८ मा स्थान बनायो।

  • आयरल्याण्डसँगको खेल वर्षाले रद्द भएपछि जिम्बाब्वे पनि अघि बढ्यो।

  • अस्ट्रेलिया, आयरल्याण्ड र ओमान प्रतियोगिताबाट बाहिरिए।

समूह सी:

  • वेस्ट इन्डिजले नेपालमाथि ९ विकेटको जित र इंग्ल्याण्डले इटालीमाथि २४ रनको जित निकाल्दै सुपर ८ मा प्रवेश गरे।

  • स्कटल्याण्ड, इटाली र नेपाल बाहिरिए।

समूह डी:

  • अपराजित दक्षिण अफ्रिकाले युएईलाई हराउँदै समूह विजेता भयो।

  • न्युजिल्यान्डले क्यानडालाई ८ विकेटले हराएर सुपर ८ मा प्रवेश गर्‍यो।

  • अफगानिस्तान, युएई र क्यानडा बाहिरिए।

सुपर ८ फर्म्याट

समूह एक्स (X): भारत, जिम्बाब्वे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका
समूह वाई (Y): इंग्ल्याण्ड, न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका

  • प्रत्येक टोलीले आफ्नो समूहका अन्य तीन टोलीसँग एक-एक खेल खेल्नेछन्।

  • समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

सुपर ८ प्रमुख भिडन्त तालिका

समूह १ (X)

  • २२ फेब्रुअरी: भारत vs दक्षिण अफ्रिका (अहमदाबाद)

  • २३ फेब्रुअरी: जिम्बाब्वे vs वेस्ट इन्डिज (मुम्बई)

  • २६ फेब्रुअरी: वेस्ट इन्डिज vs दक्षिण अफ्रिका (अहमदाबाद)

  • २६ फेब्रुअरी: भारत vs जिम्बाब्वे (चेन्नई)

  • ०१ मार्च: जिम्बाब्वे vs दक्षिण अफ्रिका (दिल्ली)

  • ०१ मार्च: भारत vs वेस्ट इन्डिज (कोलकाता)

समूह २ (Y)

  • २१ फेब्रुअरी: न्युजिल्यान्ड vs पाकिस्तान (कोलम्बो)

  • २२ फेब्रुअरी: श्रीलंका vs इंग्ल्याण्ड (पल्लेकेले)

  • २४ फेब्रुअरी: इंग्ल्याण्ड vs पाकिस्तान (पल्लेकेले)

  • २५ फेब्रुअरी: श्रीलंका vs न्युजिल्यान्ड (कोलम्बो)

  • २७ फेब्रुअरी: इंग्ल्याण्ड vs न्युजिल्यान्ड (कोलम्बो)

  • २८ फेब्रुअरी: श्रीलंका vs पाकिस्तान (पल्लेकेले)

यो सुपर ८ चरणले विश्वकपको उत्साहपूर्ण र प्रतिस्पर्धात्मक मोडलाई अझ बढाउने छ। भारत र पाकिस्तान सहित सबै शीर्ष टोलीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँदै सेमिफाइनलको लागि तयारी सुरु गरिसकेका छन्।

  • Clock icon
    २०८२ फाल्गुन ७, बिहीबार