सिम्रिक एयरले चैत १२ मा वार्षिक सभा आह्वान, आईपीओ र लेखापरीक्षक नियुक्ति कार्यसूचीमा

  • Clock icon
    २०८२ फाल्गुन ७, बिहीबार

काठमाडाैं। सिम्रिक एयर लिमिटेडले आफ्नो वार्षिक साधारण सभा चैत १२ गते बिहीबार बस्ने गरी आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित रजिष्टर्ड कार्यालयमा साँझ ५ बजे सुरु हुनेछ।

सभामा आर्थिक वर्ष ०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षित वार्षिक आर्थिक विवरण (नाफा–नोक्सान, वासलात तथा नगद प्रवाह) अनुमोदन गर्ने र लेखापरीक्षकको प्रतिवेदनमा निर्णय गर्ने कार्यसूची तय गरिएको छ।

साथै, आर्थिक वर्ष ०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभामा पेश हुनेछ।

सभाको विशेष प्रस्ताव अन्तर्गत कम्पनीलाई नेपाल धितोपत्र बोर्डमा दर्ता गर्ने र सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गर्ने योजना छ। आवश्यक परे कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ।

कम्पनीका अनुसार, यो वार्षिक सभा भविष्यका वित्तीय र बजार योजनाहरूको दिशालाई निर्धारण गर्ने महत्वपूर्ण अवसर हुनेछ।

  • Clock icon
    २०८२ फाल्गुन ७, बिहीबार