काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १००:१० अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
हकप्रद शेयर निष्काशनका लागि कम्पनीले बुक क्लोज मिति समेत तय गरेको छ । कम्पनीका अनुसार फागुन १७ गते एक दिन बुक क्लोज गरिनेछ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फागुन १४ गतेसम्म कारोबार भई शेयर खरीद गरेका शेयरधनीहरूले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले हकप्रदमार्फत पूँजी सुदृढ गर्दै बीमा व्यवसाय विस्तार र सेवा क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ ।
