रौतहटको गौरमा उत्पन्न साम्प्रदायिक तनावपछि कफ्र्यू आदेश जारी गरिएको छ । कर्फ्यू चुनाव प्रचार कार्यक्रम ठप्प भएको छ। कर्फ्यूपछि सदरमुकाम क्षेत्रमा चुनाव प्रचार प्रसार रोकिएको छ ।
जिल्ला प्रशासन कार्यालयले दिउँसो १ बजेदेखि कफ्र्यू लागू गरेको छ । मस्जिदमा प्रार्थना भइरहेका बेला हिन्दू समुदायले बाजा बजाएको विषयमा विवाद बढेपछि हिजो बिहानदेखि गौर तनावग्रस्त बनेको थियो। अवस्था झन् खराब भएपछि प्रशासनले कफ्र्यू घोषणा गरेको हो ।
गौरको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म कर्फ्यू लगाइएको छ ।
