आर्मी पनि मीटरब्याज पिडित

मुलुकी देवानी संहिता, २०७४ ले साहुले ऋणीबाट वार्षिक १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको छ । त्यसभन्दा बढी ब्याज लिएमा त्यो मीटरब्याज हुन्छ । मीटरब्याजबाट मधेशबासीको घरखेत सकिरहँदा काठमाडौं उपत्यकामा पनि त्यसबाट पीडित बन्नेहरू प्रशस्तै छन् ।

एक सैनिक पनि मीटरब्याजबाट पीडित बनेका छन् । उनी न्याय खोज्दै कहिले प्रशासन त कहिले प्रहरीकहाँ पुगिरहेका छन् । तर, सहयोग पाउनुको साटो उल्टै गाली खानुपरेको उनको गुनासो छ । उनका अनुसार प्रहरीले आर्फैविरुद्ध मुद्दा चलाउने धम्की दिएको छ ।

सेनामा जागिरे सुर्खेतका भोजेन्द्र थापाकी श्रीमती चन्द्रकला पसल सञ्चालन गरेर बसेकी थिइन् । त्यसक्रममा भीमकुमारी बस्नेतसँग ब्याजमा पैसा लिइन् । भीमकुमारी र चन्द्रकलाबीच लामो समयदेखि पैसाको कारोबार हुँदै आएको थियो ।
यसरी कारोबारको क्रम बढ्दै जादा आर्मीको परिवार पनि मीटरब्याजी पिडित हुनुपरेको छ ।
जिल्ला प्रहरी परिसर, भद्रकालीमा पीडक विरुद्ध जाहेरी दिएका छन् ।