काठमाडौँ । युनाइटेड मोदी गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।
कम्पनीले नियमित नाफा आर्जनसँगै शेयरधनीलाई प्रतिफल दिने प्रतिबद्धता अनुरूप लाभांश प्रस्ताव गरेको उल्लेख गरेको छ।
