कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै राजनीतिक दललाई एउटै अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागीता हुन आग्रह गरेका छन् ।
निर्वाचन समाचार अभिमुखीकरणमा बोल्दै कार्यवाहक आयुक्त भण्डारीले सबै दललाई एउटै समूहमा बसेर अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागिता भई स्वच्छ प्रतिस्पर्धामा संलग्न हुन आग्रह गरेका हुन् ।
उनले भने, ‘सबै दललाई एउटै समूह, एउटै रेखामा राखेर र अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागि हुनुहोला । स्वच्छ प्रतिस्पर्धामा संलग्न हुनुहोला ।’
उनले निर्वाचनको मुखमा लागि ९ देखि १० लाखसम्म युवा मतदान थपिएको समेत बताए । ‘यस पटक ९ देखि १० लाखसम्म युवा मतदाता थपिएका छन् । युवाहरु पनि नयाँ जोस–जागर र उत्साह लिएका युवा छन्,’ उनले भने ।
उनले निर्वाचनको वातावरण विथोल्न नहुनेमा जोड दिए ।
