काठमाडौं । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्र्तगतको सुपर ८ को खेलमा दक्षिण अफ्रिकाले भारतमाथि सानदार जित हासील गरेको छ ।
आइतबार बेलुकी भएको खेलमा दक्षिण अफ्रिकाले भारतमाथि ७६ रनको जित हासील गरेको हो । भारतको अहमदाबाद स्थीत नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले जितका लागि १ सय ८८ रनको लक्ष्य पाएको थियो । त्यसलाई पछ्याउने क्रममा भारत १८.५ ओभरमा १ सय ११ रन बनाएर अलआउट भयो ।
भारतका लागि शिवम दुबेले ३७ बलमा सबैभन्दा बढी ४२ रनको योगदान गरे, ओपनर अभिषेक शर्माले १५ रन र कप्तान सूर्यकुमार यादव र हार्दिक पान्ड्याले समान १८ रनमात्रै जोडे ।
दक्षिण अफ्रिकी बलरमध्ये मार्को जेनसेनले ४ विकेट र केशव महाराजले ३ विकेट लिए । टस जितेर पहिले ब्याटिङको रोजेको दक्षिण अफ्रिकाले ७ विकेटको क्षतीमा १ सय ८७ रनको लक्ष्य दिएको थियो ।
