उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित अँधेरी जोगी टोलमा आज सोमबार केहिबेरअघि यात्रुबाहक बस दुर्घटना भएको छ।
कटारीबाट सदरमुकाम गाईघाटतर्फ जाँदै गरेको बा २ ख ६२५७ नम्बरको बस ब्रेक फेल भई सडकबाट करिब ४० फिट तल खसेको हो। दुर्घटनामा बसमा सवार १०-१२ जना यात्रु घाइते भएका छन्।
आज बिहान धादिङस्थित त्रिशूली नदीमा बस खस्यो-१७ जनाको मृत्यु, २८ घाइते
मदन भण्डारी लोकमार्गअन्तर्गत पर्ने अँधेरीको जोगी टोलस्थित यो ओरालो सडक खण्ड पछिल्लो समय दुर्घटनाको जोखिम स्थल बन्दै गएको छ। गत शनिबार मात्रै सोही स्थानमा एउटा ट्रक दुर्घटना भएको थियो, जसको घाउ निको नहुँदै सोमबार फेरि बस खसेको हो।
साँघुरो घुम्ती र तीव्र ओरालोका कारण यहाँ चालकहरूले नियन्त्रण गुमाउने गरेका छन्।
उद्धार र घाइतेको अवस्था
दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नम्बर ५ गण उदयपुरबाट खटिएको क्विक रेस्पोन्स टिमुले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो। घाइतेहरूलाई तत्कालै जिल्ला अस्पताल गाईघाट पठाइएको छ।
सशस्त्र प्रहरीका अनुसार बस सडकबाट सिधै खोंचमा खसेको भए पनि ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। घटनास्थल पुगेका एक सुरक्षाकर्मीले भने, “बस सडकबाट झन्डै ४० फिट तल खसेको छ, घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम खालको छ, सबैलाई उपचारका लागि पठाइसकिएको छ ।”
सोही ठाउँमा बारम्बार दुर्घटना हुन थालेपछि स्थानीय बासिन्दा र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सडकको अवस्था र चालकको लापरवाहीप्रति चिन्ता व्यक्त गरेका छन्।
फेसबुकमा एक स्थानीयले दुर्घटनाको भिडियो शेयर गर्दै लेखेका छन्, “खबर अस्तिको ट्रक दुर्घटना भको ठाउँमा फेरि बस दुर्घटना भयो १ दुर्घटनाको भिडियो हेरि यो ठाउँमा सबै ड्राइभर सचेत हुनुसकुन।”
जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ। प्रहरीका अनुसार बसको ुब्रेक फेलु हुनु नै दुर्घटनाको मुख्य कारण देखिएको छ।
