काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड का दुई संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेका छन्। कम्पनीका अनुसार बिसनदेव मण्डल गन्गाईले ८ हजार कित्ता र निरज पोख्रेलले १२ हजार ४०० कित्ता गरी कुल २० हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीका लागि प्रस्ताव गरेका हुन्।
उक्त शेयर खरिदका लागि पहिलो चरणमा हाल कायम रहेका संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।
निर्धारित अवधिभित्र संस्थापकहरूबाट आवेदन नपरेमा भने सर्वसाधारण व्यक्ति वा संस्थाले पनि उक्त शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
शेयर खरिदका लागि आवेदन मोरङको कटहरी–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ।
