काठमाडौं । नेपाली महिला फुटबलकी चर्चित स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को उपचार र खेल जीवनमा पुनरागमनका लागि इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशनले बलियो साथ दिएको छ। घुँडाको गम्भीर चोटका कारण मैदान बाहिर रहेकी साम्बालाई भायानेटले ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
चुनौतीपूर्ण मोडमा कम्पनीको साथ नेपाली फुटबलकी ‘देशको गहना’ मानिने साम्बा यतिबेला आफ्नो खेल जीवनकै सबैभन्दा कठिन मोडमा छिन्। उनको घुँडाको शल्यक्रिया र त्यसपछिको करिब ८ महिना लामो ‘रिह्याब’ (पुन:स्थापना) प्रक्रियाका लागि ठूलो आर्थिक स्रोतको आवश्यकता छ। भायानेटले आफ्नो ब्रान्ड एम्बेसडरको यो चुनौतीपूर्ण समयमा सारथि बन्दै उपचारमा सघाउने निर्णय गरेको हो।
“थाकेको हो, हारेको छैन” चोटका बाबजुद साम्बाले देखाएको अदम्य साहस र ‘थाकेको हो, हारेको छैन’ भन्ने दृढतालाई भायानेटले उच्च सम्मान गरेको छ। साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै कम्पनीले भनेको छ:
भरपर्दो सम्बन्धको उदाहरण भायानेटले आफ्नो ब्रान्ड एम्बेसडरप्रति देखाएको यो तत्परताले व्यवसायिक सहकार्य मात्र नभई कठिन परिस्थितिमा पनि अटुट सम्बन्ध र भरपर्दो ‘कनेक्सन’ कायम राख्ने कम्पनीको मूल मन्त्रलाई चरितार्थ गरेको छ। यो सहयोगले साम्बालाई मानसिक र आर्थिक रूपमा राहत मिल्ने र उनी छिट्टै गोलको वर्षा गर्न मैदान उत्रने अपेक्षा गरिएको छ।
