काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो अहिलेसम्मकै शक्तिशाली ब्याट्री क्षमता भएको नयाँ मोडल ‘भिभो Y31d’ नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समय टिक्ने ब्याट्री, उच्च टिकाउपन र भरपर्दो प्रदर्शन खोज्ने प्रयोगकर्ताका लागि यो फोन विशेष सावित हुने देखिएको छ ।
शक्तिशाली ब्याट्री र सुरक्षा यस फोनको मुख्य आकर्षण ७२०० mAh को विशाल ‘ब्लुभोल्ट ब्याट्री’ हो, जसलाई ४४ वाटको फ्ल्यास चार्ज प्रविधिले साथ दिएको छ । कम्पनीका अनुसार यसमा १६०० पटक चार्ज गरिसक्दा पनि ब्याट्रीको स्वास्थ्य ८० प्रतिशत कायम रहने ६ वर्षे ग्यारेन्टी जस्तै सुविधा छ ।
टिकाउपन र डिजाइन कठिन परिस्थितिमा पनि चल्न सक्ने गरी बनाइएको यस फोनमा निम्न विशेषता छन्:
-
IP68 र IP69: धुलो र पानी प्रतिरोधक क्षमता ।
-
ड्रप प्रोटेक्सन: मिलिट्री-ग्रेड सुरक्षा र टाइटन ग्लास ।
-
स्मार्ट फिचर: भिजेको हातले पनि चलाउन सकिने (Wet-hand touch) प्रविधि ।
विशेषता र मूल्य स्न्यापड्रागन ६एस जेन २ प्रोसेसरद्वारा सञ्चालित यो फोन फेदर गोल्ड र स्टारलाइट ग्रे रङमा उपलब्ध छ । यसको मूल्य विवरण निम्न अनुसार छ:
-
६GB + १२८GB: रु. २९,४९९
-
८GB + १२८GB: रु. ३३,९९९
-
८GB + २५६GB: रु. ३८,९९९
यो स्मार्टफोन दाराज र नेपालभरका आधिकारिक खुद्रा पसलहरूमा उपलब्ध भइसकेको छ ।
