काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सुदूरपश्चिमको दुर्गम क्षेत्र दार्चुलाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरी अनुकरणीय कार्य गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कम्पनीले व्यास गाउँपालिका–३, सिना स्थित श्री सिद्ध माध्यमिक विद्यालयका करिब ३१० जना विद्यार्थीहरूलाई शैक्षिक झोला वितरण गरेको हो ।
बाध्यता हटाउने प्रयास भौगोलिक रूपमा विकट र राज्यको पहुँचभन्दा टाढा रहेको यस क्षेत्रका बालबालिकाहरू कापी-किताब हातमै बोकेर वा पुराना झुत्रा झोलामा राखेर विद्यालय जान बाध्य थिए । विद्यार्थीहरूको यो समस्या र शिक्षाप्रतिको लगावलाई सम्मान गर्दै कम्पनीले उनीहरूको शैक्षिक यात्रामा सहजता थप्न सहयोग पुर्याएको हो ।
व्यवसायसँगै सामाजिक दायित्व कार्यक्रममा बोल्दै हिमालयन लाइफका उप-प्रादेशिक प्रमुख टेक राज आचार्यले कम्पनीले व्यवसायका साथै समाजप्रतिको जिम्मेवारीलाई पनि उत्तिकै महत्व दिने बताए । उनले भने:
आचार्यले सो अवसरमा बीमाको महत्त्व र भविष्यमा आइपर्ने जोखिम व्यवस्थापनमा यसको भूमिकाबारे समेत स्थानीय र विद्यार्थीलाई जानकारी गराएका थिए ।
कार्यक्रममा उपस्थिति विद्यालय व्यवस्थापन र स्थानीयको बाक्लो उपस्थितिमा सम्पन्न सो कार्यक्रममा कम्पनीका तर्फबाट दार्चुला शाखा प्रमुख नारायण सिंह ठगुन्ना, अपरेसन इन्चार्ज जयन्ती भट्ट, तथा एजेन्सी म्यानेजरद्वय निर्मला बम र दीपेन्द्र बोहोराको सहभागिता रहेको थियो ।
