लगानीको सुनौलो मौका: छिमेक लघुवित्तको संस्थापक शेयर अब सर्वसाधारणले पनि किन्न पाउने

  • Clock icon
    २०८२ फाल्गुन १३, बुधबार

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीका लागि छुट्टाएको शेयरमा आवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। संस्थापक शेयरधनी विनीता अधिकारीको नाममा रहेको ४२ हजार २३५ कित्ता शेयर सर्वसाधारण व्यक्ति तथा संस्थाहरूले खरिद गर्न सक्ने भएका हुन्।

संस्थापकले नकिनेपछि सर्वसाधारणलाई मौका नियम अनुसार कम्पनीले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूका लागि ३५ दिने सूचना जारी गरी शेयर खरिदको प्रस्ताव गरेको थियो। तर, तोकिएको समयभित्र कुनै पनि संस्थापकबाट आवेदन नपरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बाटो खुला गरेको हो।

मुख्य विवरणहरू:

  • बिक्रीमा रहेको कित्ता: ४२ हजार २३५ कित्ता (संस्थापक शेयर)

  • न्यूनतम मूल्य: ४१० रुपैयाँ प्रतिशेयर

  • आवेदन दिने ठेगाना: कम्पनीको केन्द्रीय कार्यालय, मध्यबानेश्वर, काठमाडौं

  • आवेदन दिने म्याद: सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र

कसरी दिने आवेदन? यो शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संघ-संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड बमोजिमको योग्यता पुग्ने कागजात सहित आवेदन दिनुपर्नेछ। न्यूनतम ४१० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सकिनेछ।

पछिल्लो समय लघुवित्त क्षेत्रमा सुधारका संकेतहरू देखिएका र छिमेक लघुवित्तको वित्तीय अवस्था मजबुत रहेकाले यो शेयर खरिदलाई लगानीकर्ताहरूले आकर्षक अवसरका रूपमा लिएका छन्।

  • Clock icon
    २०८२ फाल्गुन १३, बुधबार