विशिष्ट वाणिज्य सम्मानबाट आईटी उद्यमी बिज्ञान श्रेष्ठ सम्मानित

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार

नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा उल्लेखीय योगदान गर्दै आएका उद्यमी विज्ञान श्रेष्ठ “विशिष्ट वाणिज्य पुरस्कार”बाट सम्मानित हुनुभएको छ । चौथो बिराट म्यूजिक एण्ड फिल्म अवाड्र्स कार्यक्रममा आईटी उद्यमी श्रेष्ठलाई “विशिष्ट वाणिज्य सम्मान ” प्रदान गरिएको हो ।

नेपालको डिजिटल अर्थतन्त्र विकास र आईटी निर्यात प्रवद्र्धनमा गरेको उल्लेखनीय योगदानको कदर स्वरुप उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले श्रेष्ठलाई सम्मान गर्नुभयो ।

चलचित्र, सङ्गीत, व्यवसाय तथा प्रविधि क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी कार्यक्रममा नेपालको डिजिटल अर्थतन्त्रका लागि श्रेष्ठको प्रेरणादायी भूमिकाको प्रशंसा गरिएको थियो । आईटी उद्यमी श्रेष्ठले नेपालबाट सफ्टवेयर निर्यात तथा प्रविधि सेवा क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ । उहाँले डिजिटल इन्नोवेसन मार्फत विदेशी आम्दानी वृद्धि गर्न तथा नेपाली आइर्टी उद्यमको क्षेत्रलाई व्यवसायिक बनाउन योगदान पुर्याउनुभएको  छ ।

विशिष्ट वाणिज्य सम्मानले प्राविधिक क्षेत्रका नवप्रवर्तन तथा डिजिटल नेतृत्वको महत्वलाई जनाउँदै प्रविधि र उद्योगबीचको सम्बन्धलाई बलियो बनाउन मद्दत गरेको श्रेष्ठले बताउनुभयो ।

सम्मान ग्रहणपटि श्रेष्ठले डिजिटल नेपाललाई सक्षम बनाउने आफ्नो लक्ष्यमा थप हौसला मिलेको बताउनुभयो । सफ्टेड गु्रपका अध्यक्ष समेत रहेको श्रेष्ठले आईटी पेशागत सीप र रोजगारी सिर्जनालाई पहिलो प्राथमिकतामा राख्नुभएको छ ।

  • Clock icon
    २०८२ फाल्गुन १५, शुक्रबार