भ्रष्टाचारका मुद्दामा एमालेका नेताहरू पनि जोडिएको:योगेशको दाबी-भिडियो

  • Clock icon
    २०८२ फाल्गुन १६, शनिबार

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र मतभेद भए पनि आगामी चुनावमा सबै एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् ।

आज शनिबार फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

उनका अनुसार, पार्टीले देशभर १६३ स्थानमा उम्मेदवार खडा गरेको छ र सबै उम्मेदवारलाई जिताउन पार्टी एक जुट हुनुपर्ने आवश्यकता रहेको छ ।

भट्टराईले भने, ‘पार्टीभित्र सहमति र असहमति दुवै छन्, तर अहिले हाम्रो फोकस अन्तर्विरोध भुलेर चुनावमा एकजुट हुनु हो ।’

 

सम्पूर्ण महानुभावहरु, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी गराउन एकतावद्ध भएर लाग्न अपिल गर्दछु ।-भिडियो 

 

उनले भदौ २३–२४ को जेनजी आन्दोलनमा उठाइएका सुशासन र भ्रष्टाचारसँग सम्बन्धित माग महत्त्वपूर्ण रहेको बताए । भट्टराईले विगतमा पार्टीले सुशासन र भ्रष्टाचार नियन्त्रणमा पर्याप्त काम गर्न नसकेको स्वीकार गरे ।

उनले भने, ‘हाम्रो पार्टीका केही नेताहरू भ्रष्टाचारसँग जोडिएका छन् । यसबारे सत्य–असत्य छानबिन होस् । एमाले र नेताहरू छानबिनको दायराभन्दा बाहिर जानु हुँदैन । हामी छानबिनको दायराभित्र रहन चाहन्छौँ ।’