बिबिसीको डक्युमेन्ट्रीमाथि आक्रोश

बिबिसी विश्व सेवाले हालै प्रशारण गरेको वृत्तचित्रलाई सञ्चारकर्मी तथा वृत्तचित्रविज्ञ भुषण दाहालले एकतर्फी भनी आलोचना गरेका छन् । उनी आबध्द ग्र्याबन्युजमा यससम्बन्धी एउटा टिप्पणीमुलक सामग्री प्रकाशित छ ।

यतिखेर बिबिसीको ‘सट लाइक इनेमिजस् इनसाइड नेपाल्स जेन जेड अपराइजिङ’ बारे बहस भइरहेको छ । आज दिउँसो जनकपुरमा भारतीय नम्बर प्लेटको गाडीमा राखेर सोही डक्युमेन्ट्री देखाउँदै भोट मागिरहेका केही रास्वपा कार्यकर्ता पक्राउ परेका छन् ।

बिबिसीको डकुमेन्ट्रीवारे भुषणको ग्य्राबन्युजले लेखेको छ:

आगामी फागुन २१ गते हुन लागेको आमनिर्वाचनको पूर्वसन्ध्यामा सार्वजनिक उक्त सामग्रीले नेपालका जेन–जी युवाको आन्दोलनलाई राज्यद्वारा नियोजित दमनको कथाजस्तो देखाएको छ । वृत्तचित्रले २०८२ भदौ २३–२४ ९सेप्टेम्बर ८–९, २०२५० मा काठमाडौंमा भएका प्रदर्शन क्रममा नेपाल प्रहरीले ‘पूर्वनियोजित गोली हान्ने नीति’ अपनाएको संकेत गरेको छ । तर त्यसक्रममा भएका व्यापक तोडफोड,भिषण आगजनी, जेल तोडफोड,सार्वजनिक सम्पत्तिमा आक्रमणजस्ता घटनालाई गौण बनाइएको छ ।

आन्दोलनको पृष्ठभूमि

सरकारले २०८२ भदौ १८ गते २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई नयाँ डिजिटल नियमनअन्तर्गत दर्ता हुन निर्देशन दिँदै अस्थायी प्रतिबन्ध लगाएपछि युवाहरू आक्रोशित बनेका थिए । बेरोजगारी,भ्रष्टाचार, ‘नेपो किड्स’ संस्कृति र आर्थिक असमानताविरुद्ध असन्तोष पहिल्यैदेखि चुलिएको थियो ।

भदौ २३ गते माइतीघर क्षेत्र आसपास हजारौं युवाहरू भेला भए । प्रारम्भमा प्रदर्शन शान्तिपूर्ण भए पनि त्यसपछि भीडले निषेधित क्षेत्रमा प्रवेश गरेर ढुंगा प्रहार र सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि अवस्था तनावग्रस्त बनेको सरकारी भनाइ छ । प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र रबर गोली प्रयोग गरेपछि मात्र ‘आवश्यक बल’ प्रयोगको अनुमति दिइएको दाबी गरिएको छ ।

उक्त घटनामा काठमाडौंमा मात्रै १९ जनाको ज्यान गएको र दुई दिनमा मृतकको संख्या ७६ पुगेको थियो । घटनामा तीन प्रहरीको पनि ज्यान गयो भने हजारौं घाइते र ८९ अर्ब रुपैयाँ भन्दा बढीको आर्थिक क्षति भएको सरकारी तथ्यांक छ ।

दोस्रो दिनको उग्र रुप

भदौ २४ गते प्रदर्शन उग्र बन्दै संसद् भवन,सर्वोच्च अदालत,सिंहदरबार, राष्ट्रपतिको निवासलगायत संरचनामा आगजनी गरिएको थियो । देशभरका जेल तोडफोड हुँदा १४ हजारभन्दा बढी कैदी फरार भएको सुरक्षा निकायको विवरण छ । आन्दोलनका प्रारम्भिक युवा संयोजकहरूले त्यसदिनको घटनालाई ‘अवसरवादी र राजनीतिक घुसपैठ’ को परिणाम भनेका थिए ।

वृत्तचित्रले भने यी पाटोलाई पर्याप्त स्थान नदिएको आलोचकहरूको भनाइ छ ।

राजनीतिक परिणाम

अन्तर्राष्ट्रिय प्रतिक्रिया र बहस

एम्नेष्टी इन्टरनेशनल र ह्युम्यान राइट्स वाचले ‘अत्यधिक बल प्रयोग’को स्वतन्त्र छानबिन माग गरेका छन् । तर आलोचकहरू भन्छन्—मानवअधिकारको सवालसँगै सार्वजनिक सम्पत्तिमा भएको क्षति, सुरक्षाकर्मीको मृत्यु र जेल तोडफोड जस्ता पक्षमा पनि समान संवेदनशीलता देखिनुपर्छ ।

नेपालजस्तो भूराजनीतिक रूपमा संवेदनशील,दुई ठूला शक्तिबीच अवस्थित मुलुकमा सामाजिक सञ्जालमार्फत् चर्किएको आन्दोलनले वाह्य प्रभावको जोखिम निम्त्याउन सक्छ ।

वृत्तचित्रले युवाको पीडा र राज्यको कठोरतालाई देखाए पनि समग्र सन्दर्भ, उग्र भीड,राज्यका महत्वपूर्ण संस्थामाथि भएको आक्रमण र आगजनी,राजनीतिक संक्रमणको जटिलतालाई पूर्ण रूपमा समेटेको देखिएन ।

मुुलुक अहिले निर्वाचनतर्फ उन्मुख छ। सुरक्षाकर्मीको मृत्यु र सार्वजनिक संरचना विनाशको पनि निष्पक्ष छानबिन हुनुपर्छ । लोकतन्त्रमा उठेको र उठाइको प्रश्नको उत्तर जनमतबाट खोजिन्छ,क्यामेराको लेन्सबाट होइन ।

वृत्तचित्रले युवाको पीडा र राज्यको कठोरतालाई देखाए पनि समग्र सन्दर्भ, उग्र भीड,राज्यका महत्वपूर्ण संस्थामाथि भएको आक्रमण र आगजनी,राजनीतिक संक्रमणको जटिलतालाई पूर्ण रूपमा समेटेको देखिएन ।

मुुलुक अहिले निर्वाचनतर्फ उन्मुख छ। आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूले न्याय पाउनुपर्छ। सुरक्षाकर्मीको मृत्यु र सार्वजनिक संरचनाको विनाशको पनि निष्पक्ष छानबिन हुनुपर्छ। लोकतन्त्रमा उठेको र उठाइको प्रश्नको उत्तर जनमतबाट खोजिन्छ, वृत्तचित्र बनाइएको क्यामेराको लेन्सबाट होइन ।

आक्रोश

 

 

 

जन आस्थाबाट साभार