दुर्गा प्रसाईंको भक्तपुरस्थित निवास वरिपरि प्रहरी

  • Clock icon
    २०८२ फाल्गुन १७, आईतवार

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको निवास बाहिर प्रहरी तैनाथ गरिएको छ । भक्तपुरस्थित निवास बाहिर एकाबिहानै प्रहरीको टोली खडा गरिएको महाअभियानका सदस्यहरुले बताएका छन् ।

उनीहरुले समाचार संकलनका लागि भन्दै सञ्चारकर्मीहरुलाई खबर गरेका हुन् । बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीशद्वय डा। मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले दिएको थुनामुक्तको आदेशपछि उनी बिहीबार रिहा भएका थिए ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईं फागुन ४ गते राति भक्तपुरस्थित निजी निवासबाटै पक्राउ परेका थिए । उनी पछिल्लो एक महिनाभित्र दुई पटक समातिएर रिहा भएका हुन् ।

राजसंस्था पुनःस्थापनाको मागसहित निर्वाचन बहिष्कार गर्दै आएका प्रसाईं समूहले पछिल्लो समय मुलुकमा वाह्य शक्ति हाबी भएको र अमेरिकी सेना नेपाल आइसकेको दाबी गरेका थिए ।

 

  • Clock icon
    २०८२ फाल्गुन १७, आईतवार