सुनचाँदी बजारमा उत्साहजनक उछाल

  • Clock icon
    २०८२ फाल्गुन १७, आईतवार

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ का अनुसार आइतबार सुन प्रतितोला ५ हजार ६०० रुपैयाँले बढेको हो।

शुक्रबार प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि मूल्यमा उतारचढाव देखिँदै आएको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला २४५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ५ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ५ हजार ९८५ रुपैयाँमा पुगेको छ।

  • Clock icon
    २०८२ फाल्गुन १७, आईतवार