काठमाडौँ । काठमाडौँस्थित एक कार्यक्रममा सांसद हर्क सांपाङ्गले आफ्नो भनाइमा नेपाली परिवारलाई आफ्ना छोराछोरीको भविष्य देशमै सुरक्षित गर्न प्रेरित गरेका छन्।
संपाङ्गले भने, “हामी हाम्रा नानीहरूको भविष्य यहीँ देशमै बनाउन चाहन्छौं। हाम्रो आधा उमेर त बितिसक्यो, तर हाम्रा छोराछोरी +२ सकेपछि अमेरिका जाऊ कि, अष्ट्रेलिया जाऊ कि, जापान जाऊ कि, कोरिया जाऊ कि भन्ने सोच नहोस्।”
उनले अभिभावकहरूलाई प्रोत्साहित गर्दै स्थानीय अवसर, गुणस्तरीय शिक्षा र रोजगारमार्फत नेपाली युवाहरूले आफ्नै देशमै सफल भविष्य निर्माण गर्न सक्ने बताएका छन्।
सांसद संपाङ्गले कार्यक्रममा युवा सशक्तिकरण, देशमै रोजगारी सिर्जना र शिक्षामा ध्यान केन्द्रित गर्नका लागि आफ्ना पहलहरूबारे पनि जानकारी दिएका थिए। कार्यक्रममा सहभागीहरूले उनका दृष्टिकोण र देशमै अवसर सिर्जना गर्ने आवश्यकताप्रति उत्साह व्यक्त गरेका थिए।
