झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी घरदैलोका क्रममा धिमाल सांस्कृतिक संग्रहालयको अवलोकन गर्दै स्थानीय कला र संस्कृतिको संरक्षणमा विशेष जोड दिनुएका छन्।
अवलोकनका क्रममा स्थानीय बासिन्दा र संग्रहालय व्यवस्थापन समितिसँग कुरा गर्दै अध्यक्ष ओलीले धिमाल जातिको मौलिक संस्कृति जोगाउन संग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने बताए।
विकास र समृद्धिको नयाँ योजना
अध्यक्ष ओलीले विगतमा आफू सरकारमा रहँदा संग्रहालयका लागि विनियोजन गरिएको बजेट वर्तमान सरकारले कटौती गरेकोमा असन्तुष्टि व्यक्त गरे। उनले भने, “म फेरि सरकारको नेतृत्वमा आएपछि रोकिएको बजेट जुटाउनेछु। यो क्षेत्र र संग्रहालयको वृहत्तर विकास गरिनेछ।”
एमाले: देश बनाउने अभियानमा
एमालेलाई विकासप्रेमी पार्टीको रूपमा चित्रण गर्दै ओलीले थपे, “यो पार्टी विनाश गर्ने होइन, देश बनाउने पार्टी हो। त्यसैले देश निर्माणको महाअभियानमा सबैको सल्लाह र सुझाव हाम्रा लागि मार्गदर्शक हुनेछन्।”
धिमाल जातिको पहिचान र ऐतिहासिक महत्त्वलाई विश्वमाझ चिनाउन संग्रहालयको स्तरोन्नति गर्ने उहाँको यो प्रतिवद्धताले स्थानीय समुदायमा नयाँ उत्साह थपेको छ।
