काठमाडौँ । रङ्गहरूको पर्व फागु पूर्णिमा (होली) को अवसरमा लुयान नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष ‘होली अफर २०२६’ सार्वजनिक गरेको छ। नेपालका लागि लुयान इलेक्ट्रिक भेहिकलको आधिकारिक बिक्रेता लोमस इन्टरप्राइजेजले दिगो र किफायती यातायातलाई प्रोत्साहन गर्न भारी नगद छुटसहितका सुविधाहरू ल्याएको हो।
के-के छन् अफरहरू?
यस मार्च महिनाभर लागू हुने गरी ल्याइएको यस अफरमा ग्राहकले निम्न सुविधाहरू पाउनेछन्:
-
नगद छुट: सारथी ब्रान्डका विङ्गर र इक्वेटर मोडलमा १५,००० रुपैयाँ सम्मको फ्ल्याट डिस्काउन्ट।
-
विशेष छुट: उच्च कार्यक्षमता भएको लुयान एमएनकेथ्री प्रो (MNK3 Pro) मा १०,००० रुपैयाँ नगद छुट।
-
निःशुल्क उपहार: हरेक स्कुटरको खरिदमा प्रिमियम हेलमेट, बाइक कभर वा रेनकोट, र होली विशेष टिसर्ट सित्तैमा उपलब्ध गराइनेछ।
किन रोज्ने लुयान?
बिगत ७ वर्षदेखि नेपाली बजारमा बलियो उपस्थिति जनाएको लुयानले १ लाख ४० हजारदेखि २ लाख ६१ हजार रुपैयाँसम्मका विभिन्न मोडलहरू उपलब्ध गराउँदै आएको छ। नेपालकै सबैभन्दा धेरै सर्भिस र चार्जिङ सेन्टर भएको दाबी गर्ने यस कम्पनीले आगामी नयाँ वर्षमा ३०० किलोमिटर रेन्ज दिने नयाँ स्कुटर समेत सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
कहाँ पाइन्छ यो सुविधा?
यो अफर काठमाडौँको नागपोखरीस्थित मुख्य शोरुमका साथै वनस्थली, ललितपुर र भक्तपुरका आधिकारिक आउटलेटहरूमा उपलब्ध छ। इन्धनको बढ्दो मूल्यबाट छुटकारा पाउन र वातावरणमैत्री यात्रा सुरु गर्न चाहनेहरूका लागि यो होली अफर उत्कृष्ट अवसर साबित हुने देखिन्छ।
यस वर्षको होली पहाडमा फागुन १८ (मार्च २) र तराईमा फागुन १९ (मार्च ३) गते पर्ने भएकाले उत्सवको भिडभाड अगावै आफ्नो मनपर्ने मोडल सुरक्षित गर्न कम्पनीले आग्रह गरेको छ।
