इरानमा आक्रमण गरेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गएराति अबेर फोन वार्ता गरेका छन्।
मोदीले एक्समार्फत दिएको जानकारीअनुसार उनीहरूबिच इजरायल(अमेरिका र इरानबिच देखिएको द्वन्द्वका विषयमा छलफल भयो।
‘हालैको घटनाक्रमप्रति भारतका तर्फबाट चिन्ता व्यक्त गरेँ। आम नागरिकको सुरक्षामा ध्यान दिन भनेँ। तुरुन्त लडाइँ रोक्न भारतको आग्रह दोहोर्याएँ’, मोदीले एक्समा लेखेका छन्।

Had a telephone call with PM Benjamin Netanyahu to discuss the current regional situation.
त्यसअघि आइतबारै राति मोदीले संयुक्त अरब इमिरेट्स ९यूएई० का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग पनि फोनमा कुरा गरेका छन्।
यस विषयमा जानकारी दिँदै मोदीले एक्समा लेखेका छन्, ‘यूएईका राष्ट्रपति मेरो भाइ शेख मोहम्मद बिन जायद अल नाह्यानसँग कुरा गरेँ। यूएईमा भएको आक्रमणको कडा निन्दा गरेँ र आक्रमणमा भएको जनधन क्षतिप्रति दुःख व्यक्त गरेँ। यो कठिन समयमा भारत यूएईको साथमा छ।’
अमेरिका र इजरायलले शनिबार इरानमा संयुक्त हवाई हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित झन्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारेका छन्।
जवाफमा इरानले पनि इजरायल तथा अमेरिकी सैन्य अखडा भएका यूएईलगायत खाडी मुलुकमा क्षेप्यास्त्र प्रहार गरेको हो।
