हिउँद -विन्टर सिजन सकिएर प्रि-मनसुन सुरु भएसँगै देशभर बिस्तारै तापक्रम बढ्दो छ।
यसै क्रममा आज बुधबार, २० फागुन, काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम १३ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।
हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ । ती भूभाग लगायत बाँकी भूभागहरूमा तुँवालो पनि लागेको छ ।
आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
यस्तै, आज राती तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
