निर्वाचनको मौन अवधि शुरु भएलगत्तै हिजो मंगलबार बिहान राजधानीका महाराजगञ्ज र नैकापमा दुई वटा गाडी जलाइएको खबर एकाएक भाइरल भयो । घटनालाई कतिपयले चुनाव बहिष्कार समूहसँग जोडेर व्याख्या गरे । प्रारम्भिक रूपमा प्रहरीले पनि त्यही कोणबाट अनुसन्धान अघि बढायो ।
तर, अनुसन्धान क्रममा दुवै सवारी अत्यन्त पुराना रहेको पुष्टि भएपछि घटनालाई फरक दृष्टिकोणबाट विश्लेषण गर्न थालिएको छ ।
केही दिनयता राजधानी बाहिरका विभिन्न स्थानमा बमको हल्ला फैलाइए पनि अधिकांश घटनामा पुराना कपडा, स्यानिटरी प्याड राखिएका भाँडा वा बाकसलाई ‘होक्स बम’ का रूपमा प्रस्तुत गरिएको पाइयो ।
एक स्थानमा शंकास्पद वस्तु निष्क्रिय पार्ने क्रममा एउटा पटाका पड्किँदा एक जना सैनिकको पैतालामा सामान्य चोट लागेको बाहेक अन्य गम्भीर क्षति नभएको सुरक्षा स्रोतको दावी छ।
निर्वाचनको संवेदनशील समयमा यस्ता घटना र हल्लाले त्रास फैलाउने प्रयास भएको देखिए पनि वास्तविकता भने क्रमशः बाहिर आएको छ । प्रहरीले सबै घटनाको सूक्ष्म अनुसन्धान जारी राखेको जनाएको छ।
जन आस्थाबाट साभार
