टी 20 वल्र्डकप-न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार

ओपनर फिन एलेनको शतकिय पारीमा साविक उपविजेता दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्यान्ड दोस्रो पटक आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ।

टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

गए राति बुधबार भएको पहिलो सेमिफाइनलमा गत संस्करणको उपविजेता दक्षिण अफ्रिकामाथि ९ विकेटको फराकिलो जित निकाल्दै न्युजिल्यान्ड दोस्रो पटक उपाधि नजिक पुगेको हो।

यसअघि न्युजिल्यान्ड सन् २०२१ मा भएको विश्वकपको फाइनलमा अष्ट्रेलियासँग पराजित हुँदै उपाधि नजिक पुगेर पनि टाढिएको थियो। सन् २००७, २०१६ र २०२२ को तिन संस्करण सेमिफाइनलबाट बाहिरिएको थियो।

यो सँगै न्युजिल्यान्डले समूह चरणमा भोगेको हारको बदला समेत लिएको छ। समूह चरणमा भएको भेटमा दक्षिण अफ्रिकाले न्यु जिल्यान्डलाई ७ विकेटले हराएको थियो।

न्युजिल्यान्डले अब उपाधिका लागि आइतबार भारत र इंग्ल्यान्डबीचको खेलको विजेतासँग खेल्नेछ।

दक्षिण अफ्रिकाले दिएको १ सय ७० रनमो लक्ष्य पछ्याएको न्यु्जिल्यान्डले १२।५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो।

ओपनर टिम सेइफर्ट र फिन एलेनले १ ओभरमा १ सय १७ रनको साझेदारी गर्दै न्यु जिल्यान्डको जितको आधार तयार पारेका थिए।

ओपनर टिमले ३३ बलमा ७ चौका २ छक्का सहयोगमा ५८ रन बनाउँदा कागिसो रवाडाको बलमा बोल्ड आउट हुन पुगे।

अर्का ओपनर फिन एलेनले शतक पूरा गरे। उनले ३३ बलमा १० चौका र ८ छक्का सहयोगमा १ सय रनको अविजित पारी खेले। रचिन रविन्द्र १३ रनमा अविजित रहे।

त्यसअघि कोलकताको इडेन गार्डेनमा न्यु जिल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रनको योगफल तयार पारेको थियो।

दक्षिण अफ्रिकाका लागि मार्को जानसेनले ५५ रनको योगदान दिए। उनले ३० बलमा २ चौका र ५ छक्का सहयोगमा ५५ रनमा अविजित रहे।

डेलवाल्ड मिलरले ४५ बलमा ३ चौका र २ छक्का सहयोगमा ३४ रन बनाए। तृष्टन स्टुब्सले २४ बलमा २ चौका र १ छक्का सहयोगमा २९ रन थपे।

ओपनर एडेन मक्रम १८ रन बनाउँदा क्याच आउट हुन पुगे। क्वीनटन डी ककले १० रन बनाए। अन्य ५ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

दक्षिण अफ्रिकालाई रोक्न म्याट हेनरी, कोले र रचिन रविन्द्रले समान २ विकेट लिए। लोकी फग्र्युसन र जेम्स निसमले समान १ विकेट आफ्नो नाममा गरे।

दोस्रो सेमिफाइनल खेलमा भारत र इंग्ल्यान्ड भिड्नेछन्। सो खेल पर्सि भोलि बिहिबार हुनेछ।