अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च अन्य देशको विनिमयदर पनि महंगो

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलरको विनिमयदर हालसम्मकै महँगो हुँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका सबैजसो विदेशी मुद्राको विनिमयदर पनि उच्च दरमा बढेको छ।

आज अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ १५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

हिजो अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा थियो।

गएको माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। त्यसयता घटेर पुनः बढ्न थालेको अमेरिकी डलरको विनिमयदरदर आज हालसम्मकै महँगो बनेको हो।

त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०४ पैसा छ। हिजो युरो १ को खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ११ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९२ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६५ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०४ रुपैयाँ २० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ५३ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४७९ रुपैयाँ २८ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३९० रुपैयाँ ०६ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ६५ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ६६ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार