बागमतीमा मतदानको उत्साहपूर्ण सुरुवात

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा मतदान प्रक्रिया उत्साहजनक रूपमा सुरु भएको छ। निर्वाचन आयोगका अनुसार मतदान सुरु भएको पहिलो एक घण्टामै प्रदेशभर १० हजारभन्दा बढी मत खसेको छ।

आज बिहान ८ बजेसम्म प्राप्त विवरण अनुसार बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा कुल १० हजार ६०२ मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। प्रदेश अन्तर्गत रहेका १ हजार २८८ मतदान स्थलमा बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सुरु गरिएको थियो।

काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। धेरै स्थानमा मतदाताहरू लामबद्ध भएर आफ्नो पालो पर्खिरहेको दृश्य देखिएको छ।

निर्वाचन आयोगले सबै मतदान स्थलहरूमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ। सुरक्षा निकायको निगरानीमा मतदान प्रक्रिया निर्वाध रूपमा सञ्चालन भइरहेको आयोगले जानकारी दिएको छ।

आज भइरहेको मतदानलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण दिनका रूपमा हेरिएको छ। नागरिकहरू आफ्नो मताधिकार प्रयोग गर्न उत्साहका साथ मतदान केन्द्र पुगिरहेको आयोगले जनाएको छ।

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार