सर्लाहीमा मतदान पुनः सुचारु

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार

सर्लाही । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा मतदान सुरु भएसँगै एक मतदान केन्द्रमा केहीबेर तनाव उत्पन्न भएको छ। बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा आज बिहान विवाद भएपछि स्थिति केही समय असहज बनेको हो।

मतदान सुरु भएको केही समयमै केन्द्रमा जम्मा भएका मतदाताहरूबीच सामान्य विषयलाई लिएर भनाभन सुरु भएको थियो। उक्त भनाभन बढ्दै जाँदा मतदाताहरूबीच हुलदङ्गा र झडपसमेत भएको प्रहरीले जनाएको छ। झडपका कारण सो केन्द्रमा केही समयका लागि मतदान कार्य अवरुद्ध भएको थियो।

घटनालगत्तै मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका थिए। सुरक्षाकर्मीको हस्तक्षेपपछि स्थिति सामान्य बनेको र मतदान प्रक्रिया पुनः सञ्चालनमा आएको हो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हाल सो मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र मतदाताहरू शान्तिपूर्ण रूपमा आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। प्रहरीले मतदानलाई प्रभावकारी र सुरक्षित बनाउन अतिरिक्त सुरक्षा निगरानीसमेत बढाएको जनाएको छ।

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार