निर्वाचनमा पनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेवा

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का कारण सार्वजनिक बिदा परेका दिनहरूमा पनि ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सीमित समयका लागि बैंकिङ सेवा सञ्चालन गर्ने जनाएको छ। बैंकले सूचना जारी गर्दै देशभरका विभिन्न प्रदेशका केही शाखाबाट बिदाका दिनमा पनि काउन्टर सेवा उपलब्ध गराइने जानकारी दिएको हो।

बैंकका अनुसार फागुन २० र फागुन २२ गते चयनित शाखाहरू बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तीन घण्टा खुला रहनेछन्। यस अवधिमा ग्राहकले अत्यावश्यक बैंकिङ सेवा लिन सक्नेछन्।

बागमती प्रदेशभित्र भने ग्राहकको चाप व्यवस्थापन गर्न फरक समय तालिका लागू गरिएको छ। दरबारमार्ग र सिपाडोल शाखा बिहान ९ बजेदेखि दिउँसो १२ः३० बजेसम्म सञ्चालन हुनेछन् भने पुल्चोक र ठमेल शाखा दिउँसो १२ बजेदेखि ३ः३० बजेसम्म खुला रहने बैंकले जनाएको छ। यस व्यवस्थाले कर्मचारीलाई मतदानमा सहभागी हुन र ग्राहकलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।

बैंकले देशका प्रमुख आर्थिक केन्द्रहरू समेट्ने गरी विभिन्न प्रदेशमा शाखा सञ्चालनको व्यवस्था गरेको छ। फागुन २० गते विराटनगर, वीरगञ्ज, पोखरा न्युरोड, बुटवल, सुर्खेत र धनगढी शाखा खुला रहनेछन्। त्यस्तै फागुन २२ गते बिर्तामोड, जनकपुर, पोखरा सुजना चोक, नेपालगञ्ज, सुर्खेत र धनगढीका शाखाबाट सेवा उपलब्ध हुने जनाइएको छ।

बैंकले यी दिनहरूमा नगद जम्मा, नगद झिक्ने लगायतका आधारभूत बैंकिङ सेवा उपलब्ध हुने जनाएको छ। तर अधिकांश शाखामा लकर सेवा तथा विदेशी मुद्रा साटफेर सेवा उपलब्ध नहुनेछ। यी विशेष सेवाहरू भने दरबारमार्गस्थित केन्द्रीय कार्यालयबाट दुवै दिन उपलब्ध हुने बैंकले स्पष्ट पारेको छ।

बैंकका अनुसार बिदाका दिनमा पनि सेवा उपलब्ध गराउँदा ग्राहकलाई अत्यावश्यक नगद व्यवस्थापन गर्न सहज हुने, एटिएम तथा डिजिटल बैंकिङ प्रणालीमा अत्यधिक चाप पर्न नदिने र कारोबारलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास गरिएको छ।

ग्राहकले सेवा सम्बन्धी जानकारी लिन बैंकको टेलिफोन नम्बर ०१–४५४५४८१ तथा मोबाइल नम्बर ९८५११४७८२९ र ९८५११४५८२९ मा सम्पर्क गर्न सक्नेछन्। साथै [email protected][email protected] मार्फत पनि जानकारी लिन सकिने बैंकले जनाएको छ।

निर्वाचनको समयमा पनि सीमित शाखाबाट सेवा सञ्चालन गर्ने व्यवस्था बैंकको ग्राहकमैत्री नीतिको उदाहरण भएको बताइएको छ। बैंकले आवश्यक सुरक्षा व्यवस्था मिलाएर कर्मचारी र सेवाग्राहीका लागि सुरक्षित वातावरणमा सेवा उपलब्ध गराइने जनाएको छ।

बैंकका अनुसार भौतिक शाखा सीमित समय खुला भए पनि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र अन्य डिजिटल सेवा भने निरन्तर सञ्चालनमा रहनेछन्। यस व्यवस्थाले निर्वाचनको बिदा अवधिमा पनि वित्तीय गतिविधि सहज रूपमा सञ्चालन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार