नेपालमा भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको अवलोकन गर्न आएका विदेशी निर्वाचन पर्यवेक्षकहरूले काठमाडौँ उपत्यकाका विभिन्न मतदान केन्द्र आज निर्वाचचको दिन अवलोकन गरेका छन्।
रूस, बङ्गलादेश र श्रीलङ्काका निर्वाचन आयुक्तसहित नेपालका निर्वाचन आयोगका कर्मचारीहरूले मतदान केन्द्र पुगेर मतदान प्रक्रिया, व्यवस्थापन र सुरक्षा अवस्थाबारे अवलोकन गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार नेपालले हरेक निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अवलोकनका लागि निमन्त्रणा गर्ने प्रचलन रहेको छ। त्यसैगरी अन्य देशमा निर्वाचन हुँदा नेपालबाट पनि पर्यवेक्षक टोली सहभागी हुने गरेको छ।
