मनाङमा गुरुङ विजयी, मुस्ताङ सहित कांग्रेसको दोश्रो जित

  • Clock icon
    २०८२ फाल्गुन २२, शुक्रबार

प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न अन्तिम मतपरिणामअनुसार उनी विजयी भएको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिए ।

गुरुङले २ हजार ४१४ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत पाइन् ।

यो कांग्रेसको दोस्रो जित हो । कांग्रेसले मुस्ताङमा पनि जितेको छ ।

प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । योगेश गौचन थकाली विजयी ३ हजार ३०७ मतसहित विजयी भएका छन् ।

योगेश गौचन थकाली