आज मार्च ८ अन्तराष्ट्रिय नारी दिवस मनाइदै

  • Clock icon
    २०८२ फाल्गुन २४, आईतवार

यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवताः।

यत्रैतास्तु न पूज्यन्ते, सर्वास्तत्राफलाः क्रियाः॥

भावार्थः यो श्लोकले समाजमा महिलाको महत्वलाई उजागर गर्छ। जहाँ महिलाहरूको सम्मान र पूजा गरिन्छ, त्यहाँ समृद्धि र दैवी आशीर्वाद प्राप्त हुन्छ। तर जहाँ महिलाहरूको अपमान वा बेवास्ता गरिन्छ, त्यहाँ सबै काम असफल र निष्फल हुन्छन्।

आज मार्च ८ अन्तराष्ट्रिय नारी दिवस । विश्वभर अन्र्तराष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहेको छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले विभिन्न याली, गोष्ठी तथा छलफल लगायतका कार्यक्रमको आयोजना गरेका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

पहिलो पटक सन् १९११ मा मनाइएको अन्तर्राष्ट्रिय महिला दिवस त्यसवर्ष अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डमा मनाइएको थियो। त्यसको १०० वर्ष पछि सन् २०११ मा नारी दिवसको शततक उत्सव मनाइयो। यद्यपि यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले चाहिँ सन् १९७५ मा आधिकारिक मान्यता दिएको थियो ।

वास्तवमा भन्ने हो भने सन् १९११ को मार्चमा अन्तराष्ट्रिय महिला दिवस मनाए यता संसारभर मार्च ८ मा यो दिवस मनाउन थालिएको हो । सन् १८५७ देखि नै श्रमिक महिलाहरुले आफ्नो श्रम शोषणका विरुद्धमा आवाज उठाएका थिए ।

यसरी उठ्दै आएको आवाज सन् १८९७ मा आइपुग्दा अझ सशक्त बन्दै गएकोले न्यूयोर्कमा एउटा गार्मेण्ट फ्याक्ट्रिमा काम गर्ने श्रमिक महिला समूहले आफ्नो कार्य घण्टा १० घण्टा मात्र हुनुपर्ने माग राख्दै गएबाट अझ सशक्त बन्दै गएको पाइन्छ ।

यसरी सन् १९०६ मा जर्मनको स्टुटगार्ड भन्ने ठाँउमा समाजवादी महिलाहरुले प्रथम अन्र्तराष्ट्रिय श्रमिक महिला सम्मेलनको आयोजना गरेका थिए । उक्त सम्मेलनले श्रमिक महिला संठनको स्थापना ग¥यो र यसको नेतृत्व महिला श्रमिक नेता क्लारा जेटकिनले गरेकी थिइन ।

उक्त सङगठनमार्फत् सन् १९०८ मा महिलाले भोट दिन पाउनुपर्दछ भनी विभिन्न विरोध प्रदर्शन गर्न थाले । यसरी सन् १९१० मा डेनमार्कको कायन हेगनमा दोस्रो अन्तर्राष्ट्रिय श्रमिक सम्मेलन सम्पन्न ग¥यो ।

उक्त सम्मेलन सन् १९११ मा प्रथम श्रमिक महिला दिवस र पछिका वर्षहरुमा यसलाई अन्र्तराष्ट्रिय नारी दिवस भनी प्रत्येक राष्ट्रका महिलाले मनाउन थालेका हुन् भन्ने विश्वास छ ।

अन्तर्राष्ट्रिय नारी दिवस ८ मार्चमा नै किन?
सन् १९१७ मा युद्धका बेला रुसी महिलाहरूले ूशान्ति र रोटीू माग गर्दै चारदिने विरोधप्रदर्शन गरेपछि त्यस बेलाका शासकले सत्ता छोडे। त्यसपछि बनेको कामचलाउ सरकारले महिलालाई मतदानको अधिकार दियो।

त्यस बेला रुसमा प्रचलनमा रहेको जुलिअन क्यालेन्डरअनुसार २३ फेब्रुअरीको दिनमा महिलाको हडताल सुरु भएको थियो। ग्रेगोरिअन क्यालेन्डरका अनुसार उक्त दिन ८ मार्चमा परेको थियो। त्यसयता ८ मार्चमा नारी दिवस मनाउन थालियो।

विश्वभरि नारी दिवस कसरी मनाइन्छ?
धेरै देशमा यो दिन सार्वजनिक बिदा दिइन्छ। चीनमा महिलाले आधा दिनको बिदा पाउँछन्। विश्वभरि यो दिन विभिन्न कार्यक्रम गरिन्छ।

इटलीमा यो दिन लज्जावतीको फूल उपहार दिने चलन छ। यो दिन रुसमा फूलको बिक्री दुई गुनाले बढ्छ।

सर्बिया, आल्बेनिया, मेसेडोनिया र उज्बेकिस्तानमा नारी दिवसकै दिन ुआमा दिवसु पनि मनाइन्छ।

संयुक्त राज्य अमेरिकामा मार्चलाई महिला इतिहास महिना मानिन्छ। राष्ट्रपतिद्वारा हरेक वर्ष अमेरिकी महिलाहरूले गरेको प्रगति विवरण उल्लेख गर्ने चलन छ।

नोभेम्बर १९ तारिखमा अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइन्छ।

 

  • Clock icon
    २०८२ फाल्गुन २४, आईतवार