हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी भू भागमा आंशिक बादल लागेको छ ।
तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ। कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।
काठमाडौं उपत्यकामा हिजोदेखि उपत्यकामा बदली र छिटफुट वर्षा कतै भइरहेको छ । वायुमण्डलीय प्रदूषण बढ्यो ।
काठमाडौं उपत्यकामा मौसममा परिवर्तन देखिएको छ। अहिले मौसम बदली भई छिटफुट रूपमा पानी परिरहेको छ।
साथै, उपत्यकाको वायुमण्डलमा प्रदूषण पनि बढेको छ।

