हर्कको सफलता-संसदमा माटोबाट ३ सिट

  • Clock icon
    २०८२ फाल्गुन २५, सोमबार

हर्कराज राई (हर्क साम्पाङ) ले नेतृत्व गरेको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा संसदका लागि ३ सिट जितेको छ ।

साम्पाङसहित ३ जना नै पूर्वी जिल्लाबाट रहेका छन् । धरान उपमहानगरपालिकामा यसअघि स्वतन्त्रबाट मेयर बनेका हर्कले दल खोलेर राजनीतिमा होमिएका हुन् । गत असोजमा पार्टी खोलेका हर्कले ५ महिनामा नै ठूलो सफलता हात पारेका हुन् ।

हर्क आफैँ सुनसरी क्षेत्र नं १ बाट प्रतिष्पर्धामा रहेका थिए । हर्क ३५ हजार ७ सय ४१ मत प्राप्त गरेर निर्वाचित भए । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २ सय ४९ मत प्राप्त गरिन् ।

माटो चुनाव चिह्न रहेको श्रम संस्कृति पार्टीले भोजपुरबाट अर्को सिट थप्यो । भोजपुरबाट उम्मेदवार रहेका ध्रुवराज राईले १६ हजार ६ सय ६६ मत प्राप्त गरेर निर्वाचित भए । हर्कले नेकपा एमालेका सचिव समेत रहेका उम्मेदवार शेरधन राईले १४ हजार ७ सय ५० मत प्राप्त गरे ।

यता खोटाङबाट निर्वाचित आरेन राईले १६ हजार ६ सय १२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका देव विक्रम राईले १२ हजार ७ सय १४ मत प्राप्त गरे ।

श्रम संस्कृति पार्टीले समानुपातिकमा समेत १ लाख मत कटाएको छ ।