काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी, रत्न, पत्थर तथा आभूषण महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको हो।
आइतबार प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ६५ रुपैयाँले घटेर ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।
